What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सिमेन्ट उद्योगको प्रदुषणले स्थानीयवासीलाई सास्ती
What To Know
- धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय जनता बिरामी पर्न थालेका छन् । शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्ने जस्ता समस्याले स्थानीय जनता हैरान छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो ।.
- सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयहरुका अनुसार यहाँका करिब ५० जना भन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफुखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन् ।.
धादिङ । धादिङको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय जनता बिरामी पर्न थालेका छन् । शरीरभरि फोकाहरु आउने, चिलाउने, एलर्जी हुने, घाँटी सुक्ने जस्ता समस्याले स्थानीय जनता हैरान छन् । पछिल्लो समय एलर्जीको समस्या जटिल बनेको छ । उद्योग सञ्चालन मापदण्ड पूरा नगरेर प्रदूषण बाहिरिएकै कारण मानव स्वास्थ्यमा त्यसको प्रत्यक्ष असर परेको हो ।
उद्योग संचालन हुन थालेको केही वर्ष यता सामान्य रुघाखोकी र ज्वरोले मात्रै सताएपनि अहिले स्वास्थ्यमा दीर्घरोग देखिन थालेको छ । स्थानीय लक्ष्मी राई भन्नुहुन्छ–‘उद्योगबाट निस्कने प्रदुषण बन्द भएन भने हामी अब यहाँ बस्न सक्ने अवस्था रहेन, ज्यान बचाउनकै लागि हामीले थाकथलो छोडेर भाग्नुपर्ने अवस्था आयो ।’
सिमेन्ट उद्योगबाट निस्केको प्रदुषणका कारण जुगेडीका करिब दुई सय ३० प्रत्यक्ष मारमा छन् । स्थानीयहरुका अनुसार यहाँका करिब ५० जना भन्दा बढीले अहिले घाँटी, छाला र आँखाको उपचार गराइरहेका छन् । धेरैले आफुखसी उपचार गराइरहेका छन् भने केहीले उद्योग व्यवस्थापन पक्षकै व्यक्तिहरुको रोहबरमा चेकजाँच गराएका छन् ।
चेकजाँच गर्न अस्पताल पुग्दा उद्योग व्यवस्थापन पक्षका व्यक्तिहरुले स्वास्थ्यकर्मीलाई नै दवावमा पार्ने गरेको पीडितहरुको भनाई छ । चेकजाँच गरेपछि अस्पतालले दिएको रिपोर्ट समेत उद्योगका मानिसहरुले राखेर आफुहरुलाई हेर्न नदिएको उनीहरु बताउँछन् । घाँटी सुख्खा हुने र शरीरमा फोकाहरु आएर चिलाउने समस्या भएपछि केही दिन अघिमात्रै काठमाडौको बिर अस्पतालमा चेकजाँच गराउदाको रिपोर्ट राइले बताउनुभयो ।