काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपालमा सबभन्दा धेरै क्षेत्री, मगर जाति तेस्रो नम्बरमा (जातिअनुसार विवरणसहित)
काठमाडौं । नेपालमा मगर जातिकाे जनसङ्ख्या २० लाख १३ हजार ४ सय ९८ रहेकाे पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ६.९ प्रतिशत मगर जातिहरू रहेका छन् ।
त्यस्तै मगर जातिसँग बिद्राेह गर्दै छुट्टै जाति घाेषणा गरेका पुनकाे सङ्ख्या ९ हजार ८ सय २७ रहेकाे छ । याे कुल जनसङ्ख्याकाे ०.०३ प्रतिशत हाे ।
यस्तै नेपालमा सबैभन्दा धेरै १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री रहेकाे पाइएकाे छ । २०६८ सालको जनगणनामा क्षेत्री ४३ लाख ९८ हजार ५३ हजरा अर्थात १६.६० प्रतिशत थिए ।
पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ भने तेस्रो नम्बरमा मगर ६.९, चौथो नम्बरमा थारु जातिको जनसंख्या ६.२ प्रतिशत छ । २०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२.१८ प्रतिशत थियो ।
नेपालमा सबभन्दा कम नुराङ जातिका छन् । उनीहरुको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।
पछिल्लाे जनगणना अनुसार नेपालमा सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । उनीहरुको जनसंख्या एक हजारभन्दा कम रहेको छ। एक हजारभन्दा कम जनसंख्या हुने जातिहरुमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कलार जातिको जनसंख्या ९३१, फ्री जातिको जनसंख्या ९२१, कोचे जातिको जनसंख्या ८४७, टोप्के गोलाक जातिको जनसंख्या ७४२, राउटे जातिको जनसंख्या ५६६ मात्र रहेको छ ।
यस्तै वालुङ जातिको जनसंख्या ४८१, ल्होमी जातिको जनसंख्या ३५५, सुरेल जातिको जनसंख्या ३१८, कुसुण्डा जातिको जनसंख्या २५३, वनकरियाको जनसंख्या १८० रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
हेर्नुस् पुरा विवरण