नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

महिला भलिबल–नेपालले किर्गिस्तानलाई हरायो
काठमाडाैं । राजधानीमा आजदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित ग¥यो ।
यस जितसँगै नेपालले ३ अङ्क जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल भोलि बङ्गलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।
सोही स्थानमा आजै भएको अर्को खेलमा भारतले बङ्गलादेशमाथि ३–० को सोझो सेटमा जित निकालेको छ । भारतले बङ्गलादेशलाई २५–३, २५–९ र २५–६ ले हरायो । यस जितसँगै भारतले ३ अङ्क जोड्यो । उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।