What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ब्याजदर घट्ने भएपछि शेयर बजारमा छायाे हरियाली
What To Know
- Https.
- //www.
काठमाडाैं । नेपाल बैंकर्स संघको ब्याजदर घटाउने निर्णयसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ९२.२२ अङ्कले बढेर एक हजार ९६३.५५ बिन्दुमा पुगेको छ। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ।
आज २६७ कम्पनीको ६१ लाख सात हजार ४२५ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ६० लाख ७६ हजार बराबरको कारोबार भएको छ। सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४२.३३ र निर्जीवन बीमा समूहको उपसूचक ३४३.२९ अङ्कले बढेको छ।
त्यस्तै, ब्यांकिङ समूह ६६.३, विकास ब्यांक समूह १९७.८०, वित्त समूह १०८.२१, होटल तथा पर्यटन समूह ११८.३६ र जलविद्युत् समूह १२०.२८ अङ्कले बढेको छ। लगानी समूह २.६९, उत्पादन तथा प्रशोधन समूह २१८.२०, लघुवित्त समूह १७२.६७, म्युचुअल फन्ड ०.३९, व्यापार समूह ८४.२१ र अन्य समूह ४७.५५ अङ्कले बढेको छ।
आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिद्धार्थ इक्विटी फन्ड, सिटिजन्स म्युचुअल फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड, खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।






