गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

सरकारले, ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पार्यो : शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारेको आरोप लगाएका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने, ‘सरकारलाई सभामुख मार्फत अनुरोध गर्न चाहन्छु । यसरी मिटर ब्याजमा सरकारी पैसा ढुकुटीमा राखेर निर्माण व्यवसाय र विकासको काम ठप्प परेका छन् । यो छिटो भन्दा छिटो खुलाइयोस् । बैंकमा पैसा राखेर जनतालाई अलमलमा पार्ने काम नगरियोस् ।’
शाहीले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्छु भने ता पनि वास्तविक मिटरब्याजी सरकार नै भएको भन्दै आक्रोश पोखे ।