हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
रवि लामिछानेले ‘क्लिन चिट’ पाएपछि अख्तियार पुगे युवराज सफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी विवादमा दिइएको ‘क्लिन चिट’ विरूद्व अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
यसअघि रविविरुद्व राहदानी दुरुपयोगको आरोप लगाउँदै मुद्दा दायर गर्ने युवराज सफलले अख्तियारमा उजुरी दिएका हुन् ।
सफलले जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एंव कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविको पासपोर्ट दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप उनले लगाएका छन्।