काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा नेपाल
काठमाडौँ । नेपाल साफ यु–२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
ढाकामा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । नेपालका लागि अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे । भारतका लागि अपूर्णा नार्जारीले सान्त्वना गोल गरिन् ।
खेलको २१औँ मिनेटमा भारतकी अपूर्णाले गोल गर्दै आफ्नो टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर खेलको दोस्रो हाफमा भने नेपालले तीन गोल ग¥यो । खेलको ४८ औँ मिनेटमा नेपालका लागि चन्दले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याइन् । खेलको ६९औँ मिनेटमा कप्तान राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पु¥याइन् । खेलको ८९औँ मिनेटमा नेपालकी कार्कीले तेस्रो गोल गर्दै आफ्नो टोलीलाई जित दिलाइन् ।
प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटान सहभागी छन् । (रासस)