What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सर्वोच्चले दिएन अन्तरिम आदेश, सांसदको शपथ लिन पाउने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै लामिछानलाई सांसदको शपथ लिने बाटो खुलेको छ।
बुधबार संवैधानिक इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश गरेको छ।
अन्तरिम आदेश दिन की नदिने भन्ने तय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको रिट निवेदक युवराज पौडेलले बताए।
प्रतिनिधि सभा सदस्य हुन लामिछाने अयोग्य रहेको दाबी गर्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरूले लामिछानेले अमेरिकी नागरिकता लिंदा नेपाली नागरिकता त्यागेको र त्यसपछि पुनः नेपाली नागरिकता नलिएको जिकिर गरेका थिए। निर्वाचन आयोगमा बुझाएको जवाफमा पनि त्यो स्वीकार गरेकाले उनी प्रतिनिधि सभा सदस्य हुन योग्य नरहेको दाबी गरेका थिए।
उनीहरूले लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गर्न रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए। यससँगै लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्न समेत माग गरेका छन्।
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गर्ने बाटो खुलेको छ। प्रतिनिधि सभा सचिवालयले पुस ७ गते शपथ ग्रहण गराउन लागेको छ।