नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कतार विश्वकप: साउदी अरबलाई हराउँदै पोल्याण्डले निकाल्यो पहिलो जित
काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा पोल्याण्डले साउदी अरेबियालाई हराउँदै पहिलो जित निकालेको छ ।
एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डले साउदीलाई २–० को गोल अन्तरले पराजित गरेको हो ।
पोल्याण्डका लागि ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरेकामा ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए । पोल्याण्डले यसअघिको पहिलो खेलमा मेक्सिकोसँग बराबरी गरेको थियो ।
जितसँगै पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ ।