What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

इलाम-२ बाट ११४ मतान्तरले विजयी भए सुवास नेम्वाङ
काठमाडाैं । इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराएका हुन्।
पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।
यसअघि इलाम-२ मा मतगणना स्थगित भई सवा ९ बजेबाट फेरि सुरू भएको थियो।
केही मतदान केन्द्रको मतगणना गर्दा गर्दै स्थगन भएको गणना कार्य शनिबार राति सवा ९ बजे सिटी हल इलाममा फेरि सुरू भएको हो।