What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

देशका सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
काठमाडाैं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ।
निर्वाचन आयोगका अनुसार, बिहीबार प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा मतपत्र पुगेको छ। संघीय राजधानी काठमाडौं बाहेकका अन्य जिल्लामा बुधबार नै मतपत्र पुगेको थियो।
बिहीबार राजधानीका निर्वाचन क्षेत्रमा मतपत्र पुगेसँगै देशका सबै निर्वाचन क्षेत्रमा पुगेको आयोगले जनाएको छ। आयोगले चार प्रकारका मतपत्र छापेको छ। प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक प्रणालीको मतपत्र छापिएको हो।
आयोगका अनुसार, प्रत्यक्ष र समानुपातिक गरी आठ करोड मतपत्र छापिएका थिए। जसमा प्रत्यक्षतर्फ चार करोड र समानुपातिकतर्फ चार करोड छन्।
आगामी निर्वाचनमा देशभर १८ वर्ष उमेर पुगेका मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको छ। आगामी मंसीर ४ गते देशभर एकै पटक मतदान हुनेछ।