प्रचण्डको आर्थिक क्रान्तिमा खै अनिता थारुको भविष्य?

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छु भनेर मतदाता लोभ्याउने प्रयाश गरेका छन्। उनको भावनात्मक भनाई छ ‘बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्छु।’

गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार प्रचण्ड त्यहाँका मतदातासँग परिचय गरिनसक्दै मतदानको दिन आईपुग्न लागेको छ। उनले आफ्नो नेतृत्वमा गरिएको हिंसात्मक ‘जनयुध्द’ चर्चा गर्न छाडेका छन्। अब आर्थिक क्रान्ति गरेर राजनीतिबाट विश्राम लिने किसिमको उनका भनाई दोहोरिन थालेका छन्।

सर्वसाधारण जनताको दैनिक जीवनसँग सरोकार राख्ने बिषयमा प्रचण्ड लगायतका ठूला नेता चर्चा पनि गर्दैनन्।

अनिता थारु दाङकी एक उदाहरणीय साहसी नारी हुन्। उनी घोराहीको बजारदेखि गाउँसम्म बिग्रिएका सडक बनाउने, नयाँ सडकको ट्रयाक खन्ने जस्ता काममा सधैं व्यस्त हुन्छिन्। साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन्। तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउन व्यस्त छिन्।

अनिता जस्ता हिम्मतिला नारीको दैनिक जीवनसँग जोडिएका कथाव्यथातिर उम्मेदवारहरुको ध्यान गैरहेको देखिँदैन। न प्रचण्डको, न देउवाको, न ओलीको न त नेपालकै।

बरु यसो भन्छन् प्रचण्ड– “मेरो बाँकी जीवन विकास र समृद्धिका लागि खर्च गर्नेछु। राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि पनि अब आर्थिक क्रान्तिको सुरुआत गर्नु जरुरी छ ।”

बाबुरामका बाठा तर्क

प्रचण्डकै सहयात्री डा बाबुराम भट्टराई पनि जनताका दैनिक जीवनसँग सरोकार राख्ने बिषय भन्दा ठूला राजनीतिक तर्क गरेर बठ्याईं गर्न पल्केका छन्। उनले यस्तै भने, ‘संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपरेको छ।

“देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु”, उनले काठमाडौं क्षेत्र नम्बर एकको घरदैलोमा घुम्दा यसो भनेका छन्।

कसले सुन्ने अनिताका कुरा

यता दाङको घोराही बजारदेखि गाउँसम्मका सडक मर्मत गर्दै हिँड्ने अनिता थारु स्थानीय जनताका नजरमा चढेकी छन्। निर्वाचन प्रचारमा हिँडेका उम्मेदवार र कार्यकर्ताले अनितालाई वास्ता नगरेकामा उनीहरु क्रुध्द छन्।

अनिता बिग्रिएका सडक बनाउनेदेखि नयाँ सडकको ट्रयाक खन्ने काममा व्यस्त हुन्छिन्। साना सवारीसाधन चलाउने महिलाको सङ्ख्याभन्दा ठूला सवारीसाधन चलाउने महिला न्यून छन्। तर अनिता भने विगत चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न गे्रडर मेसिन चलाउँदै आएकी छन्।

उनी डेढ वर्षदेखि घोराही उपमहानगरपालिकामा ग्रेडर अपरेटरका रुपमा कार्यरत छिन्। अनिता पछिल्लो समय भने उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँछिन्। बाह्र कक्षासम्म अध्ययन सकेर घरमै बसेको समयमा आफन्तको सहयोगमा उनी बर्दियाबाट दाङ आएर ग्रेडर मेसिन चलाउन थालेकी हुन्।

“कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई अघि बढाउन नसकेर घरमै बसेकी थिएँ”, उनले भनिन्, “घरमा त्यसै बस्नुभन्दा ग्रेडर मेसिन चलाउन सिक्ने सोच बनाए र दाङ आएकी हुँ ।” घोराही–मुर्कुटी सडक बनाउने काममा अनिताका भिनाजुले ग्रेडर मेसिन चलाउँथिन्। उनीसँगै उक्त सडक निर्माण गर्ने कम्पनीमा सहायक ग्रेडर अपरेटरका रुपमा एक वर्ष काम गरेपछि ग्रेडर चलाउन सक्ने भएको अनिता बताउँछिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *