शिक्षक सेवा अायाेग तयारी : वस्तुत प्रश्न-उत्तर

नेपालको राजधानी काठमाण्डौ भनि कहिले घोषणा गरियो ?
उत्तर :- बि.स. १८२६ चैत्र १०
भीमसेन थापाले देशलाई कति वटा जिल्लामा विभाजन गरेका थिए ?
उत्तर :- ३९
पृथ्वी नारायण शाहले कान्तिपुर कहिले विजय गरेका थिए ?
उत्तर :- बि.स.१८२५ आश्विन १३
नारायणहिटी दरबारमा बस्ने प्रथम शाह वंशीय राजा को हुन् ?
उत्तर :- पृथ्वी बिर बिक्रम शाह
सबैले खाएपछि खाने मल्ल राजाको हुन् ?
उत्तर :- महिन्द्र मल्ल
भक्तपुरको ५५ झ्याले दरबारको निर्माण कुन मल्ल राजाले गरेका थिए ?
उत्तर :- भूपतिन्द्र मल्ल
एकीकृत मल्ल राज्यको अन्तिम राजाको हुन् ?
उत्तर :- यक्ष मल्ल
मल्ल वंशका सर्वाधिक शक्तिशाली राजा भनेर कसलाई चिनिन्छ ?
उत्तर :- प्रताप मल्ल
धोबीको हातको पानि चलाउने राजाको हुन् ?
उत्तर :- लक्ष्मीनरसिंह मल्ल
मध्यकालको शासन केन्द्र कहाँ थियो ?
उत्तर :- भादगाउँ
प्रथम मल्ल राजा को हुन् ?
उत्तर :- अरी मल्ल
तान्त्रिक बलद्वारा तलुजा भवानीसँग पाशा खेल्ने राजा को हुन् ?
उत्तर :- जग्ज्योती मल्ल
चीनमा रहेको बिश्वको सबैभन्दा लामो सामुंद्रिक पुलको लम्बाई कति रहेको छ ?
उत्तर :- ४२.४ कि.मि.
नेपालमा कहिले देखि सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिएको छ ?
उत्तर :- बि.स. २०६८ साउन २२
बिश्वको ८ हजार मिटर भन्दा अग्लो सबै हिमाल आरोहन गर्ने पहिलो नेपाली को हुन ?
उत्तर :- मिङ्मा शेर्पा
वातावरणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो ?
उत्तर :- स्टकहोम
ग्रीन पिसको स्थापना कहिले भएको हो ?
उत्तर :- सन् १९७१
साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले कुन देशलाई पराजित गर्यो ?
उत्तर :- बंगलादेश
नेदरल्यान्डको सरकारी रिपोटलाई के भनिन्छ ?
उत्तर :- YELLOW BOOK

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *