What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड, एकैदिन ७ हजार बढी संक्रमित थपिए
What To Know
- काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।.
- प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसार आइतबार पर्वत, १ रुपन्देही १ र दाङका १ गरि गण्डकीमा ८ कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना संक्रमित निको भएका छन् ।.
काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।
याे पनि समाचार
पोखरामा आज (आइतवार) अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो ।
पोखराको लागि यो अहिलेसम्मकै उच्च रेकर्ड हो । त्यस्तै आज पोखरामा थप ५ जनाको ज्यान गएको छ ।कास्कीको पोखरा महानगरपालिका १६ का ७७ वर्षीय पुरुष, पोखरा २६ का ५८ वर्षीय महिला, पोखरा १६ की ७३ वर्षीय महिला, पोखरा १० की महिला (उमेर नखुलेको), पोखरा १९ का ५४ वर्षीय पुरुषको पोखराका विभिन्न अस्पतालमा शनिबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनु भयो ।
प्रदेश स्वास्थ्य निर्देशनालयले अनुसार आइतबार पर्वत, १ रुपन्देही १ र दाङका १ गरि गण्डकीमा ८ कोरोना संक्रमितको मृत्यु पुष्टि गरेको हो । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ७८१ पुगेको छ । संक्रमितमध्ये १६ हजार ८८२ जना संक्रमित निको भएका छन् ।