What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : ‘कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस’
What To Know
- तर@PM_Nepal ज्यू यो लडाइमा’हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने.
- कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।@PM_Nepal ज्यू,हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस।”.
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेपाल कोरोना संक्रमणको भयावह अवस्थामा रहेको बताउँदै यसको सरकार एक्लैले सामना गर्न नसक्ने टिप्पणी गरेका छन् ।
उनले यस्तो अवस्थामा सबै पक्ष र आम नागरिक सचेत, सतर्क र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ रहेकाे भन्दै त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्ने थापाकाे भनाइ छ ।
थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्– कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ,निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ।
तर@PM_Nepal ज्यू यो लडाइमा’हामी सक्दैनौँ´भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने!आपत्तिजनक छ! कठिन छ,तर अझै हामीसंग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ।त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ।@PM_Nepal ज्यू,हामी साथ दिन तयार छौँ, कृपया अब त अहंकार र अकर्मण्यता को धरहराबाट ओर्लनुस।”