नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देशभर सक्रिय संक्रमित २६ हजार भन्दा बढी, २४ घण्टामा ४ हजार ३६४ मा कोरोना पुष्टि
काठमाडौँ । २४ घण्टामा १५ हजार ६८१ पीसीआर परीक्षण गर्दा मंगलबार थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि भएको छ । एक हजार ९ एन्टिजेन नमुना परीक्षणमा १६० जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ भने ५ सय ५५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी २६ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म ३ लाख ७९ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
यस्तै, ३ सय १५ जना आईसीयूमा, ८४ जना भेन्टिलेटरमा, २ हजार ८ सय ७३ जना अस्पतालमा र २३ हजार ३ सय ५२ जना संक्रमित घरमा उपचाररत छन् ।