हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
मेलम्चीको पानी आजदेखि वितरण गरिने
काठमाडौं। आइतबारदेखि उपत्यकामा पहिलो पटक मेलम्चीको पानी वितरण गरिने भएको छ ।
पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै प्रणालीबाट वितरण गरिनेछ ।
सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकका धारासम्म पानी पुर्याउन सकिनेछ ।
काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् ।