हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
आजको राशिफल हेर्नुस्, र सुपादेउरालीकाे दर्शन गर्नुस्
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वासपनि जाग्नेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्न पनि सक्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज धार्मिक कार्य सफल रहनेछन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
राजनैतिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मुल्याङन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजन पनि पाईनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल