What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सत्ता जोगाउन केपी ओली विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीनः नेता रावल
What To Know
- काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।.
- जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका लागि प्रधानमन्त्रीले निरन्तर संवाद गरिरहेको अवस्थामा रावलको यस्तो प्रतिक्रिया आएको हो।.
काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका हुन्।
रावलले ट्वीट गर्दै भनेका छन्, ‘प्रधानमन्त्री ओली नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।’
जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका लागि प्रधानमन्त्रीले निरन्तर संवाद गरिरहेको अवस्थामा रावलको यस्तो प्रतिक्रिया आएको हो।






