नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

देउवालार्इ झट्का कांग्रेस पूर्वसभापतिसहित ६६ जना नेकपामा प्रवेश
काठमाडाैँ । ओखलढुंगाका ६६ जना कांग्रेस नेतासहित कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टी स्वार्थमा लागेपछि अस्तित्व बिहीन भएको भन्दै उनीहरुले नेकपामा प्रवेश गरेका हुन् ।
नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई नेकपाका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले टीका तथा खादा लगाएर स्वागत गरेको नेकपा ओखलढुंगाका नेता कमल न्यौपानेले बताए ।
कांग्रेस परित्याग गर्दै नेकपामा प्रवेश गर्नेमा ओखलढुंगाका पूर्व सचिव तथा जिविस सदस्य रामबहादुर खत्री, वर्तमान जिल्ला कमिटी सदस्य सुरेस सुनुवार, खिजीकाती गाउँकमिटीका सभापति तथा कांग्रेसबाट निर्वाचित पूर्व गाविस अध्यक्षहरु रेवतकुमार सुनुवार, लालप्रसाद नेपाल, गाउँपार्टी सभापतिहरु गजेन्द्रबहादुर बस्नेत, पूर्व गाउँ सभापति चकेन्द्र दास सुनुवार, उपाध्यक्षहरु होमबहादुर सुनुवार, अमर बहादुर खत्री सचिवहरु केसर कुमार सुनुवार, चुडाप्रसाद पौडेल, कोषाध्यक्ष मन्जुकुमारी बिक, नेपाली कांग्रेस श्रमिक संघ जिल्ला अध्यक्ष ताराधन सुनुवारसहित ६६ जना कांग्रेसका सक्रिय नेता कार्यकर्ता रहेका छन् ।