नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आजदेखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप
काठमाडौं । सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई आजदेखि कोरोना खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो ।
यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइनेछ । तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।