सुनको भाउ फेरि बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ ।

मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय पुगेको छ । यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *