What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

‘हल्लाको पछि नलाग्नुस लोडसेडिङ भएको छैन हुँदैन’
What To Know
- प्राधिकरणका अनुसार उपभोक्ताको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता हुन्छ । तर, हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको शाक्यले जानकारी दिनुभयो ।.
- प्राधिकरणका अनुसार वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदली गर्ने र विद्युत् प्रवाह भइरहेका संरचनामा आउने प्राकृतिक वा आकस्मिक समस्याको समाधान गर्न केही समय सम्बन्धित स्थानको विद्युत् आपूर्ति काटिने गरिएको छ । त्यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति सुरु गर्ने गरिएको प्राधिकरणले जनाएको छ । ०००.
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३ वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि गर्नुपर्ने अवस्था नआएको स्पष्ट पारेको छ ।
शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले अघोषित लोडसेडिङ सुरु भएको कुरा कुनै अर्थमा सही नभएको दाबी गर्दै आपूर्ति व्यवस्थापनको समस्याले बत्ती जाने समस्या देखिएको बताउनुभयो । पुस १३ र १४ गते जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह घटेपछि विद्युत् सेवा अवरूद्ध भएको उहाले बताउनुभयो ।
प्राधिकरणका अनुसार उपभोक्ताको मागभन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता हुन्छ । तर, हाल नेपालको विद्युत् प्रणालीमा प्राधिकरणको आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी मागबराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको शाक्यले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा ऊर्जामन्त्रालयका सचिव दिनेश घिमिरेले बिभिन्न आयोजनाहरु सञ्चालनमा आउने क्रम जारी रहेकाले माग बमोजिम अनुसारको बिधुत प्रवाह गर्न सकिने अवस्था रहको भन्दै लोडसेडिङ हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
प्राधिकरणका अनुसार वितरण प्रणालीका पुराना संरचना मर्मत सम्भार तथा बदली गर्ने र विद्युत् प्रवाह भइरहेका संरचनामा आउने प्राकृतिक वा आकस्मिक समस्याको समाधान गर्न केही समय सम्बन्धित स्थानको विद्युत् आपूर्ति काटिने गरिएको छ । त्यस्ता समस्या तत्काल समाधान गरी विद्युत् आपूर्ति सुरु गर्ने गरिएको प्राधिकरणले जनाएको छ । ०००