नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ओलीले घाेषणा गरे ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री ओलीले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको जानकारी दिएका हुन्।
नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्। आजै ५ सय ५६ जना नयाँ सदस्य थप्ने र १ सय ९७ जना पछि थप्ने गरी महाधिवेशन आयोजक समिति बनाउने ओलीको योजना छ।
मंगलबार प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय सदस्यहरुको भेलामा पूर्व माओवादी समूहबाट तीन नेता सहभागी भएका छन् ।
निर्धारित समयभन्दा केही ढिला गरी सुरु भएको बैठकमा माओवादी समूहबाट स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा सहभागी भएका हुन्। तर, ओलीनिकट मानिने सचिवालय सदस्य रामबहादुर थापा‘बादल’ र स्थायी कमिटी सदस्य हरिबोेल गजुरेल भने अनुपस्थित भएका छन्।