काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
संवैधानिक परिषदको बैठक अनिश्चित
काठमाडौं । संवैधानिक परिषदको बैठक अनिश्चित भएको छ । विपक्षी दलका नेता शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर आफू आउन नसक्ने जानकारी दिएपछि बैठक अन्योलमा परेको हो। बैठक आइतबार बिहान ९ बजेका लागि तय भएको थियो।
रिक्त सवैधानिक निकायमा पदाधिकारी सिफारिसका लागि प्रधानमन्त्री ओलीले लामो समयपछि बैठक बोलाएका थिए। कांग्रेसले अख्तियार तथा निर्वाचन आयोग र अरु निकायमा समेत सम्मानजनक स्थान दिनुपर्ने अडान लिएको छ ।
संवैधानिक परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन् । परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।
वैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।
भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।