काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुनको मूल्य फेरि घट्याे
काठमाडाैँ । स्थानीय बजारमा सुनकाे मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो । यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ ।
शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो । शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो ।