What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बैठक बोलाउन बिन्तिपत्र बोकेर बालुवाटारमा ‘प्रचण्ड’
What To Know
- काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष केपी ओलीसमक्ष लिखित अनुरोध गरेका छन् ।.
- नौ जना सचिवालय सदस्य रहेको नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले तत्काल बैठक बोलाउन माग गर्नुभएको हो । उनीहरुले शुक्रबार र शनिबार धुम्बराहीस्थित पार्टी कार्यालयमा पछिल्लो विवादका बारेमा छलफल गर्दै अध्यक्ष ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेका थिए । पार्टी र सरकार संचालनका बिषयमा नेकपाभित्र विवाद रहदै आएको छ । ०००.
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुले तत्काल सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष केपी ओलीसमक्ष लिखित अनुरोध गरेका छन् ।
शनिबार बालुवाटारमा अध्यक्ष ओलीसंग भेट गर्दै पार्टीभित्र देखिएका समस्या र तत्कालिन राजनीतिक परिस्थितिबारे निक्र्यौलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्शसहित लिखित अनुरोध गरिएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न, स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढन नसकेको स्थितिको समीक्षा तथा पार्टीमा उत्पन्न संकटको बारेमा छलफल गरेर पार्टीको एकताको रक्षा गर्न समयमा नै छलफल आवश्यक रहेकाले तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेको उहाले बताउनुभयो ।
नौ जना सचिवालय सदस्य रहेको नेकपामा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले तत्काल बैठक बोलाउन माग गर्नुभएको हो । उनीहरुले शुक्रबार र शनिबार धुम्बराहीस्थित पार्टी कार्यालयमा पछिल्लो विवादका बारेमा छलफल गर्दै अध्यक्ष ओलीलाई बैठक बोलाउन अनुरोध गर्ने निर्णय गरेका थिए । पार्टी र सरकार संचालनका बिषयमा नेकपाभित्र विवाद रहदै आएको छ । ०००