हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
तिहारमा देउसी भैलो खेल्न नपाइने
काठमाडौँ। नेपाल प्रहरीले यस वर्षको तिहारमा देउसी भैलो नखेल्न, नखेलाउन निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देउसी भैलो आयोजना नगर्न निर्देशन दिइएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कुवेर कडायतले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाटै देउसी भैलो नखेल्न र नखेलाउन स्पष्ट निर्देशन दिइएको बताउनुभयो । महानिरीक्षक थापा क्षेत्रीले केही दिनअघि सातवटै प्रदेशका प्रहरी प्रमुख सँगको भर्चुअल मिटिङमा यस्तो निर्देशन दिनुभएको हो ।
“मुलुकभरका कुनै पनि प्रहरी कार्यालयमा यस वर्ष तिहारमा विशेष मनोरञ्जन कार्यक्रम तथा देउसी भैलो नखेल्न नखेलाउन निर्देशन भएको छ”, प्रवक्ता कडायतले भन्नुभयो, “कोरोना महामारी बढ्न सक्ने भएकाले देउसी भैलो लगायतका कार्यक्रम निषेध गरिएको हो ।”
त्यस्तै स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई देउसी भैलो लगायतका मनोरञ्जन कार्यक्रम नगर्न, नगराउन माइकिङ गरी सचेतना फैलाउने काम भइरहेको जानकारी उहाँले दिनुभयो ।
काठमाडौँ उपत्यका र तराईका विभिन्न जिल्लामा तिहारमा देउसी र पहाडी क्षेत्रमा भैलो खेल्ने प्रचलन छ । यस वर्षको तिहारमा सम्पूर्ण मनोरञ्जनका कार्यक्रम स्थगित गरी घरमै बसी परिवारसँग रमाइलो गर्न आग्रह गरिएको छध्र
उपत्यकाका काठमाडौँँ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि देउसी भैलो निषेध गरेका छन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जीवनप्रसाद दुलालले कोरोना महामारीका बेला देउसी भैलो निषेध गरिएको स्पष्ट गर्नुभयो । यसको औपचारिक निर्णय आउन बाँकी छ । तिहारमा कुनै पनि भीडभाड तथा कोरोना सङ्क्रमण फैलाउने किसिमका गतिविधि नगर्न सर्वसाधारणमा आग्रह गरिएको छ ।