जुवा खेल्ने र बाजी ठाेक्नेलाई कारवाही गर्न भदाै १ बाट अाउँदैछ यस्ताे कानुन्

काठमाडौं । सरकारले जुवा खेल्ने तथा जुवामा बाजी राख्नेलाई कडा कारवाहीको व्यवस्था गरेको छ । यही भदौ १ गतेदेखि लागु हुनेगरी नयाँ मुलुकी अपराध संहिता अनुसार जुवा खेल्ने र चिठ्ठा खेलाउनेहरुले पनि जेल सजायको भागी बननुपर्नेछ ।

मुलुकी अपराध संहिता अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यस्तै तेस्रो पटक वा त्यसपछि पनि जुवा खेल्ने वा खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुनेछ ।

जुवा खेल्नेलाई मात्रै नभई जुवामा दाउ थाप्ने तथा बाजी राख्नेहरुलाई पनि सोही अनुसार कारवाही हुनेछ । जुवा खेल्नका लागि कसैका घर, कोठा, कुनै सम्पत्तिमा स्थान दिए उनीहरु पनि कानुनबमोजिम कारवाहीमा पर्नेछन् ।

यसअघि जुवा ऐन २०२० अन्तर्गत पहिलोपटक जुवा खेल्नेलाई २ सय रुपैयाँ जरिवाना, दोस्रो पटकलाई ३ महिना र तेस्रो पटक पनि जुवा खेलेको पाइएमा एक वर्षसम्म कैदको व्यवस्था थियो ।

जुवा खेल्ने मात्रै नभई खेलको जित वा हारका लागि बाजी राख्नेलाई पनि जेल सजाय हुनेछ । कुनै पक्षले जितेमा वा हारेमा कुनै चल अचल सम्पत्ति वा प्रतिफल गुमाउने गरी बाजी राखेमा बाजीको सबै रकम जफत हुनेछ । साथै संलग्नलाई १ वर्षसम्म कैद र १० हजार जरिवानाको व्यवस्था नयाँ कानूनमा गरिएको छ ।

तर, सार्वजनिक महोत्सव, मेला पर्व, प्रदर्शनीमा सरकारी अनुमति लिई थोरै चलअचल सम्पत्ति पाउने वा गुमाउने गरी जुवा खेलाएमा भने त्यसलाई जुवा मानिने छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *