नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

निःशुल्क आँखा शिविरमा १६१ बिरामीले लिए सेवा
कठमाडाैँ । विश्व दृष्टि दिवसका अवसरमा लियो क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।
लायन्स क्लब अफ काठमाडौं पद्मसम्भव दक्षिणकालीको व्यवस्थापनमा दक्षिणकालीको सेतीदेवी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको आँखा शिविरमा १ सय ६१ जना व्यक्तिको निःशुल्क आँखा जाँच गराएको क्लबले जनाएको छ । उनीहरूलाई परामर्श, सरसल्लाह र औषधि वितरण गरिएको छ जसमध्ये १० जनाको निःशुल्क शल्यक्रिया असोज २७ गते कीर्तिपुर आँखा अस्पतालमा हुने भएको छ ।
लियो क्लब स्थापना कै यो पहिलो कार्यक्रम भएको क्लबका सचिव सबिन श्रेष्ठले बताउनुभयो । कार्यक्रमलाई दक्षिणकाली नगरपालिका, कीर्तिपुर आँखा अस्पताल, फर्पिङ आँखा उपचार केन्द्र र बज्र क्लिनिकको सहयोग रहेको छ ।