नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदीको भाउ मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी सुनका साथै मंगलबार चाँदीको मूल्य पनि उकालो लागेको छ। यस दिन चाँदी तोलामा २० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ।