नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

वैरागी बने सरकारकाे मुख्यसचिव, पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाकाे राजदूत सिफारिस
काठमाडौँ । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नाम सिफारिस गरेको छ ।
मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार थिए । ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिनुभएको थियो ।
रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।
त्यस्तै डा.खतिवडा केही समय पहिलेसम्म अर्थमन्त्री रहनुभएको थियो । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै सरकारको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो । ०००