ह्वात्तै घट्यो पहिला नम्बर सुनको भाउ

काठमाडौं । शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको भाउ बुधबार घटेको छ । पाँच दिनसम्म लगातर बढेको सुनको भाउ बुधबार एकै दिन तोलामा एक हजार २०० रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपियाँ तथा तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपियाँमा कारोबार भएको हो । मंगलबार सुन प्रतितोला ९८ हजार ४०० रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि यसदिन तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ३६५ रुपियाँ निर्धारण गरिएको छ । सोमबार पनि चाँदी आजकै भाउमा कारोबार भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *