What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नुवाकोटमा पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय निर्माण हुने
What To Know
- सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो ।.
- केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले यसै शैक्षिकसत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि सङ्घीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ ।.
बिदुर । नुवाकोट प्राविधिक शिक्षा तथा व्यावासायिक तालीम परिषद्(सिटिइभिटी)ले नुवाकोटमा स्थापना हुने पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय विदुर नगरपालिका –१ स्थित इन्द्रेणीघाटको सिमुटारमा स्थापना गर्ने भएको छ ।
सिटिइभिटी सीप विकासका इञ्जिनीयरिङ निर्देशक गुणानन्द झा, निर्माण सहायक प्रशिक्षक तेजबहादुर खत्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको सचिवालयका विनोद न्यौपानेको टोलीले सो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टंकनाथ ढकालको अध्यक्षतामा प्रदेशसभा सदस्य तथा नेकपा जिल्ला अध्यक्ष हीरानाथ खतिवडा, जिसस प्रमुख सन्तमान तामाङ, नगरपालिकाका प्रमुख सञ्जु पण्डितलगायतको उपस्थितिमा सो टोलीले इन्द्रेणीघाटको स्थलगत अवोलकन गरेको थियो ।
केही दिन अगाडि भएको स्थलगत निरीक्षणपछि प्रजिअ ढकालका अध्यक्षतामा बसेको बैठकले बहुप्राविधिक शिक्षालय निर्माणका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ । बैठकले यसै शैक्षिकसत्रमा कृषितर्फ बाली विज्ञान र पशु विज्ञानका दुई कार्यक्रम सञ्चालन गर्ने र त्यसको व्यवस्थापनको जिम्मा जिसस र नगरपालिकाले गर्ने निर्णयसमेत गरेको नगर प्रमुख पण्डितले जानकारी दिनुभयो । बैठकले बहुप्राविधिक शिक्षालयको पूर्वाधारका लागि शैक्षिक सामग्री र फर्निचर व्यवस्था गरिदिन नगरपालिकालाई र कार्यशाला एवं प्रयोगशालासहित अन्य पूर्वाधारका लागि सङ्घीय तथा प्रदेशसभा सदस्य एवं प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख पण्डितका अनुसार नुवाकोटमा पहिलो पल्ट स्थापना हुन लागेको सिटिइभिटीको आङ्गिक शिक्षालयमा पशु विज्ञान, बाली विज्ञान, होटल व्यवस्थापन तथा पर्यटन, सिभिल इञ्जिनीयरिङ, स्वास्थ्य तथा सामान्य चिकित्सा र फार्मेसीतर्फ तीनवर्षे डिप्लोमा कार्यक्रम प्रस्तावित गरिएको छ । भौतिक व्यवस्थापनका लागि हाल त्रिभुवन त्रिशूली माविको भवन, शहीद प्रतिष्ठान भवन र वागवानी कृषि केन्द्र भवनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिने छ ।
नुवाकोटको तुप्चेमा जन्मिनुभएका बोगटी तत्कालीन नेकपा(माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा ऊर्जा र सूचना तथा सञ्चारमन्त्रीसम्म हुनुभएको थियो ।