What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
थपिए काठमाडौँ ४४ जना नयाँ संक्रमित
What To Know
- काठमाडौँ । काठमाडौं उपत्यकामा आज ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।.
- नेपालमा हालसम्म ७९ जनाको कोरोना संक्रमणका कारणा मृत्यु भएको छ । क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना छन् भने ६ हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।.
काठमाडौँ । काठमाडौं उपत्यकामा आज ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४४ सहित ३३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
सोमबारसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको सङ्ख्या साढे ११ सय पुगेको छ ।
आज काठमाडौंमा ३६, ललितपुरका ४ र भक्तपुरका ४ जनासहित देशभर ३३८ लाई कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । योसँगै देशभर कोरोना संक्रमितको सख्या २३ हजार ३१० पुगेको छ भने १६ हजार ४९३ जना निको भएका छन् ।
नेपालमा हालसम्म ७९ जनाको कोरोना संक्रमणका कारणा मृत्यु भएको छ । क्वारेन्टाइनमा १० हजार ७ सय ५९ जना छन् भने ६ हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।






