नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाल्पामा ढुुंगामाटो सहितको पहिरोले बगाउँदा एक जनाको मृत्यु
सुनिल कार्की ।
पाल्पामा निरन्तरको वर्षाको कारण आएको ढुङ्गे पहिरोले बगाउँद एक जनाको मृत्यु भएको छ ।
पाल्पाको रम्भा गाउँपालिका १ असर्दीका ३० वर्षी दिनेश अर्याललाई भेलले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकरी सुरज श्रेष्ठले जानकारी दिनुभयो । घर नजिकैको आफ्नै खेतमा पानी कटाएर फर्कर्ने क्रममा एक्कासी माथिबाट आएको ढुङ्गा सहितको पहिराले बगाउँद अर्यालको घटनस्थलमै मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो ।
अर्यालको शव १० मिटर तल पहिरोले पुरेको अवस्थामा फेला पारी स्थानिय र जनप्रतिनिधिको सहयोगमा शव निकालिएको थियो । मृत्क भाईसँगै पानि लगाउन गएका दाई टोप नारायण अर्याल घाइते हुनुभएको छ । उहाँको हातमा सामान्य चोट लागेको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक सुरज श्रेष्ठको कमाण्डमा टोलि खटिई घटना बारे थप अनुशन्धान भईरहेको छ ।