लकडाउनका बेला आन्दोलन गर्ने र जुलुस निकाल्नेहरु कारबाहीमा पर्ने

काठमाडौं । लकडाउनका बेला आन्दोलन गर्ने र जुलुस निकाल्नेहरु कारबाहीमा पर्ने भएका छन् । गृहमन्त्रायले यसबारे बिहीवार विज्ञप्ति नै जारी गरेर सचेत गराएको छ ।

विज्ञप्तिको पेट खण्डमा गृहले, ‘विगत केही दिनदेखि विभिन्न बहान र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरे व्यक्तिलाई सहभागि गराउने, ज्ञापन पत्र दिने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा लकडाउन आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको’ भनेको छ ।

लकडाउन आदेशको अवहेलना गर्ने तथा काममा बाधा गर्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजाय अन्तर्गत एक सय देखि ६ सयसम्म जरिवाना र कसुर हेरि एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्ने प्रावधान रहेको कुरा पनि गृहले सम्झाएको छ । अटेर गरेको खण्डमा ऐनको अधिकार प्रयोग गरी कारबाहीका लागि प्रहरी प्रशासन बाध्य हुने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *