समाजसेवी पौडेलद्वारा ३ सय ५ घरपरिवारलाई राहत वितरण

सुनिल कार्की
पाल्पा । तानसेन नगरपालिका वडा नं १० निवासी समाजसेवी गोपाल पौडेलले एकै दिन ३ सय ५ जना घर परिवारलाई राहत वितरण गर्नुभएको छ । देशमा जारी लकडाउनले प्रभावित भएका विपन्न घर परिवारलाई स्व. छोरा ईन्जिनियर विवेक पौडेलको स्मृतिमा राहत वितरण गर्नुभएको हो ।

१० नं वडा कार्यालयको समन्वयमा साविक तेल्घा गाउँ विकास समितिका २ सय ८३ घरपरिवार र वडा बाहिरका २२ घर परिवारलाई दैनिक उपभोग्य सामाग्री बितरण गर्नुभएको हो । प्रतिघर परिवार २० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल,दुई वटा कपडा धुने र एउटा नुहाउने साबुन वितरण गरिएको समाजसेवी एवं नेकपा १० नं वडा कमिटिका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । लकडाउनको समयमा रोजगारी गुमाई साँझ विहान छाक टार्न समस्यामा परेका गाउँले आमाबुवा, दाजुभाई दिदि बहिनिको समस्यालाई मध्य नजर गरि राहात वितरण गरिएको समाजसेवि पौडेलले बताउनुभयो ।
साविक तेल्का गाविसको वडा नं १ देखि ९ नंम्बर वडा सम्मका विपन्न घरपरिवारलाई राहत बितरण गरिएको १० नं वडा कार्यालयका वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेनाले बताउनुभयो । वडा नं १० का अधिकाश जनता पात, दाउँरा बेचेर जिविकोपार्जन गर्ने भएकोले उनीहरुको दैनिक जिवनमा आईपरेको समस्यालाई मध्यनजर गरी राहात वितरण गरिएको वडा अध्यक्ष तिम्लिसेनाले बताउनुभयो ।

राहत वितरण कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का प्रदेश सभा सदस्य एवं नेकपा पाल्पाका जिल्ला अध्यक्ष नारायण आचार्यले दुई महिना लामो लकडाउनले प्रभावित बनेका स्थानीयलाई मध्य नजर गरी वितरण गरिएको राहातले १० नम्बर वडासहित साविक तेल्घा बासीको लागि प्रभावकारी भएको बताउनुभयो । प्रदेश सभा सदस्य आचार्यले समाजसेवी पौडेलले जस्तै अन्यले पनि यसै गरि लकडाउनबाट प्रभावित भएकाहरुलाई राहात वितरणको कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

राहात वितरण कार्यक्रम वडा अध्यक्ष लोचन प्रसाद तिमिल्सेना, नेकपा प्रदेश कमिटि सदस्य नेत्र प्रसाद पाण्डे, वडा कमिटि सचिव जित बहादुर सिलवाल, स्थानीय समाजसेवी मोहन गैरे, युवा संघका जिल्ला संयोजक धनु घिमिरे, नगर कमिटि सदस्य गोकुल पौडेल, सुजन, श्रेष्ठसुरेश विष्ट, नवराज बस्याल लगायतले रहात वितरणमा सहयोग गरेका थिए ।

राहात वितरण कार्यक्रम समाजसेवी गोपालप्रसाद पौडेलको आर्थिक सहयोग, १० नं वडा कार्यालयको समन्वय र नेकपा गाउँ कमिटि १० नं वडाको आयोजनमा राहात वितरण गरिएको हो ।

कार्यक्रम नेकपा वडा कमिटि अध्यक्ष गोपाल पौडेलको अध्यक्षता,र वडा कमिटि सचिव जित बहादुर सिलवालको स्वागत र मोहन गैरेको सञ्चालनमा भएको थियो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *