What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हबल्दारको मृत्यु
What To Know
- राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।.
- यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।.
राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।
ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उहाँको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।






