नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

‘रामनवमी’पर्व मनाइँदै
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’पर्व आज मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रको पूजापाठ गरिन्छ ।
यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण मन्दिरहरु भने बन्द अवस्थामा छन् । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको विश्वास गरिन्छ ।
आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।
कोरानाका कारण मन्दिरहरुमा भक्तजन नभए पनि घरघरमा भने श्रीरामको पूजापाठ गरिएको छ ।