What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काेराेनाकाे भयाबह बढेपछि सरकारले चाल्याे कडा कदम (१५ बुँदे निर्णयसहित)
What To Know
- काठमाडाैँ । अबदेखि अत्यावश्यक काममा बाहेक आवतजावत, हिँड्डुल गर्न नपाइने भएको छ । कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।.
- कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सो को अनुगमन गर्ने जिम्मा गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ ।.
काठमाडाैँ । अबदेखि अत्यावश्यक काममा बाहेक आवतजावत, हिँड्डुल गर्न नपाइने भएको छ । कोरोना भाइरस(कोभिड–१९) नियन्त्रणका लागि भन्दै सरकारले यस्तो निर्णय गरेको हो । यस्तै साँस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टीप्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सो को अनुगमन गर्ने जिम्मा गृहमन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको छ ।
बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला लगायतका धेरै मानिस भेला हुने क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।
फिल्महल, सांस्कृतिक केन्द्र, रंगशाला, हेल्थ क्लब, म्युजियम, मनोरञ्जनस्थल लगायतलाई ३० अप्रिलसम्म(वैशाख १८) बन्द गर्ने निर्णय गरेको हो ।








