What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेकपा अध्यक्ष प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखको भेट
What To Know
- आइतबार बिहान सातै प्रदेशका प्रमुखहरु अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो भेटवार्तामा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।.
- भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्ने बताएका थिए ।.
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन्।
आइतबार बिहान सातै प्रदेशका प्रमुखहरु अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । सो भेटवार्तामा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।
भेटवार्तामा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्ने बताएका थिए ।






