What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

मधेस बर्बाद गर्ने मधेसी नेता नै हुन् : मन्त्री यादव
What To Know
- जनकपुर । स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस बर्बाद गर्ने मधेसी नेता नै भएको बताएका छन् । उनले विकास बजेट हिनामिना गरेर मधेसलाई मधेसी नेताले नै पछाडि पारेको आरोप लगाए ।.
- मधेसवादी दलका मधेसी नेता मात्र होइन, अरु दलका मधेसी नेताले पनि मधेसलाई बर्बाद गरेको मन्त्री यादवको आशंय थियो।‘जनकपुरको विकासको लागि धेरै बजेट आयो, तर विकास भएन। पहाडमा यति नै पैसा जाँदा धेरै विकास हुन्छ,’ उनले भने, ‘मधेसमा उपभोक्ता समिति बनाएर कमिशन खाने र विकास नगर्ने परिपाटी रहेको छ।’.
जनकपुर । स्वास्थ्यमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेस बर्बाद गर्ने मधेसी नेता नै भएको बताएका छन् । उनले विकास बजेट हिनामिना गरेर मधेसलाई मधेसी नेताले नै पछाडि पारेको आरोप लगाए ।
‘मधेस बर्बाद गर्ने मधेसी नेताहरु नै हुन्,’ जनकपुर अञ्चल अस्पतालको बिहीबार निरीक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले भने, ‘मधेसमा विकासका लागि पर्याप्त बजेट आएपनि दुरुपयोग भइरहेको छ। त्यही रकम पहाडमा सदुपयोग हुन्छ।’ अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
मधेसवादी दलका मधेसी नेता मात्र होइन, अरु दलका मधेसी नेताले पनि मधेसलाई बर्बाद गरेको मन्त्री यादवको आशंय थियो।‘जनकपुरको विकासको लागि धेरै बजेट आयो, तर विकास भएन। पहाडमा यति नै पैसा जाँदा धेरै विकास हुन्छ,’ उनले भने, ‘मधेसमा उपभोक्ता समिति बनाएर कमिशन खाने र विकास नगर्ने परिपाटी रहेको छ।’
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जनकपुर अत्यन्तै फोहर सहर भएको बताएका छन्। उनले सरसफाईको नाममा आएको बजेट मधेसी नेताहरुले नै अनियमितता गरेको आरोप लगाए।
‘जनकपुर अत्यन्तै फोहर सहर हो। जानकी जीलाई पनि जनकपुरमै जन्मिएको छु भन्न लाज लाग्छ होला,’ मन्त्री यादवले भने।जनकपुर सफाईका लागि आएको बजेट दुरुपयोग भएको आरोप लगाउँदै उनले बजेट दुरुपयोग गर्नेमा मधेसी नेताहरु नै अग्रपंक्तिमा रहेको बताए।