प्रत्रकारसँग सभामुख सापकोटाको प्रतिबद्धता ‘डबल स्ट्याण्ड हुँदिन’

काठमाडौँ । सभामुख अग्नि प्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभएको छ । बिहीबार संसदीय मामिलामा रिपोर्टीङ गर्ने पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘यसलाई कसरी जीवन्त बनाउने जीवन्त छलफल भयो भने छलफलको राम्रो वातावरण बनाउन सकियो भने यसले सबैलाई राम्रो गर्छ । यसले सांसदहरुको योज्ञता, क्षमतामा पनि अभिवृद्धि गर्छ त्यहाँ स्तरिय छलफल भयो भने स्तरीय रिपोर्टिङ गर्नुप¥यो त्यसका लागि अलि मेहनत गर्नुप¥यो यसले पत्रकारहरुको पनि स्तर माथि उठाउँछ ।’

त्यस्तै सभामुख सापकोटाले आफू डबल स्ट्याण्ड नहुने र पत्रकारहरुसँग सहयात्रा गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई कुनै कुरा मन नपर्ने के छ भनेर तपाई हरुले सोध्नुभयो भने म सेकेन्ड पनि ढिलो नगरी के भन्छु भने मलाई मन नपर्ने कुरा डबल स्ट्याण्ड हो ।’ उहाँले अफुले सम्झौता गरेपनि सम्झौतावादी नहुने प्रस्ट समेत पार्नुभयो ।

उहाँले भन्नुभयो ‘सम्झौता त हुन्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन मलाई तयो लाग्छ मेरो कुरा के छ भने सम्झौता त पाइला पाइलामा हुन्छ क्षण क्षणमा हुन्छ तपाईहरुले पनि गर्नुपर्छ मैलेनी गर्नुपर्छ तर सम्झौतावादी चाहिँ हुनु हुँदैन् ।’ सभामुख सापकोटाले गुणस्तरीय रिपोर्टिङका लागि लवी रिपोर्टीङको व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ ।

उहाँले प्रतिनिधिसभामा लवी रिपोर्टीङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको हो । यो व्यवस्था भएपछि पत्रकारहरुले संसद चलेको अवस्थामा सांसदहरु बसेको स्थानमा बसेर रिपोर्टीङ गर्न सक्नेछन् । लवी रिपोर्टीङ भनेकै संसद बैठक चलिरहँदा पनि सांसदहरु बसेको स्थानमै बसेर गरिने रिपोर्टीङ हो । यो व्यवस्था अहिलेसम्म नेपालमा थिएन् ।

सभामुखको प्रतिवद्धता अनुसार व्यवस्था लागु भएमा संसदीय मामिला सम्बन्धि रिपोर्टीङ गर्ने पत्रकारहरुका लागि सूचना संकलनमा अझ सहजता आउने विश्वास गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *