What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

राष्ट्रियसभामा कांग्रेस उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई
What To Know
- काठमाडौं । असन्तुष्ट पक्ष अनुपस्थित रहे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, राष्ट्रियसभाको निर्वाचन कार्यसम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ ।.
- केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय पनि गरेको छ । यो पहल विशेष गरी प्रदेश २ मा गरिने जनाइएको छ । प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच सहकार्य गर्ने सहमति भइसकेको छ ।.
काठमाडौं । असन्तुष्ट पक्ष अनुपस्थित रहे पनि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम छनौट गर्ने जिम्मेवारी केन्द्रीय पदाधिकारीलाई प्रदान गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको कार्यसमितिको बैठकको निर्णयमा भनिएको छ, राष्ट्रियसभाको निर्वाचन कार्यसम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ ।
बैठकले आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारीको बैठकले राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने निर्णय पनि गरेको छ ।
केन्द्रीय सदस्य बहादुरसिंह लामाका अनुसार, बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाइ पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसँग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने निर्णय पनि गरेको छ । यो पहल विशेष गरी प्रदेश २ मा गरिने जनाइएको छ । प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टीबीच सहकार्य गर्ने सहमति भइसकेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई सहयोग एवम् समर्थन गर्न संघीय संसद्, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनीतिक दल र सबै मतदातालाई कांग्रेसले अनुरोध र आह्वान पनि गरेको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको उपस्थिति थिएन । साथै पार्टीका महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरु बैठक उपस्थित हुनुभएन । पौडेल पक्षको बैठकमा सहभागी हुँदै आउनुभएका केन्द्रीय सदस्य उमाकान्त चौधरी र सिटौला पक्षको बैठकमा जाने गर्नुभएका शिवप्रसाद हुमागाई भने बैठकमा सहभागी हुनुभएको थियो ।
बैठकपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद सिटौलाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उखु किसानको आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपील गर्दै प्रभावकारी पहल गर्न सरकारसमक्ष जोडदार माग गरिएको छ ।
सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन गर्न लागेको भन्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पुस २८ गते विरोध पत्र बुझाउने बैठकले निर्णय गरेको छ ।
भारतीय राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव तथा राज्य सभाका पूर्व सांसद डी.पी. त्रिपाठीको बिहीबार ६७ वर्षको उमेरमा निधन भएकाले उहाँको परिवारजन र राष्ट्रवादी कांग्रेस पार्टी भारतका मित्रहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।