नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान
काठमाडौँ । संसदको हिउँदे (पाँचौं) अधिवेशन पुस ४ गतेका लागि आव्हान भएको छ । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस ४ गते दिउँसो ४ बजेका लागि बैठक आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि दाहालले जानकारी दिनुभयो । संसदको अघिल्लो अधिवेशन असोज २ गते सकिएको थियो ।
संसद अधिवेशन सकिए लगत्तै तत्कालीन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि हाल सभामुखको पद खाली छ । सभामुख नहुँदा उपसभामुखले आगामी बैठक आह्वान गर्नेछन् । बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउनेछ ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले पुस ४ गते संसदका दुवै सदनको बैठक आह्वान गर्न सिफारिस गरेको थियो । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । ०००