नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

१३ औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबलमा ऐतिहासिक जित
काठमाडौं । तेह्रौंदक्षिण एसियाली खेलकुद(साग) अन्तगर्तको महिला भलिबल विधामा नेपाल स्वर्ण पदको होडमा स्थान सुनिश्चित गरेको छ । दोस्रो सेमीफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल उपाधिको होडमा स्थान सुनिश्चित गरेको हो । साग महिला भलिबलमा नेपालको यो अहिलेसम्मकै उच्च प्रदर्शन हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) परिसरको कभर्ड हलमा शनिबार अबेर राति सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि २५–१४, २५–१८ र २५–२१ को सोझो सेटमा जित हात पारेको हो । जितसँगै नेपालले स्वर्ण पदकका लागि भारतसँग स्पर्धा गर्नेछ ।
यसअघि दक्षिण एसियाली खेलकुदमा नेपालले तीन पटक कास्य पदक जितेको थियो । सन् १९९९, २००६ र २०१६ मा नेपालले जितेको कास्य पदक नै महिला भलिबलमा उत्कृष्ट प्रदर्शन थियो । उपाधिको लागि स्थान सुनिश्चित गरेसँगै नेपालले कम्तिमा रजत पदक पाउने पक्का गरेको हो ।