बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

किन गए यी नेता प्याजको माला लगाएर विधानसभा बैठकमा
एजेन्सी । पछिल्लो केही सातायता बजारमा प्याजको भाउ ह्वात्तै बढेको छ । अस्तिभर्खरसम्म ३५–४० रुपैयाँमा आउने प्याज अहिले प्रतिकिलो २ सय ८० रुपैयाँसम्म पुगेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा मूल्य आकासिएको हो ।
नेपालमा मात्र होइन भारतको पटना र बिहारमा पनि प्याजको भाउ छोइनसक्नु छ । त्यहाँ अहिले अप्रत्यासित रुपमा बढेको प्याजको भाउको विषयलाई लिएर बिरोध भइरहेको छ । बिरोधका पनि नयाँ नयाँ शैली अपनाउन थालिएको छ । यसैक्रममा एक नेता प्याजको माला लगाएर विद्यानससभा बैठकमा गएका छन् । बुधबार राष्ट्रिय जनता दल(राजद)का विधायक शिवचन्द्र राम प्याजको माला लगाएर बिहार विद्यानसभा बैठकमा पुगेका हुन् । उनले भनेका छन्, ‘प्याजको माला लगाएर आएपछि न बिहारका मुख्यमन्त्री नीतीश कुमारले देख्नेछन् ।’ बिहार विद्यानसभाको शितकालीन सत्रको चौथो दिन बुधबार पूर्वमन्त्री एवं राजदका विधायक शिवचन्द्र प्याजको माला पहिरिएर विद्यानसभामा प्याजको मूल्यबृद्धिको विषयमा राज्य सरकार र केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘प्याज सबैको खानाको थालीबाट गायब भएको छ । मुख्यमन्त्री नीतीश कुमार र कृषिमन्त्री कृषि रोडम्यापलाई लिएर ठूलाठूला भाषण दिनुुुहुन्छ तर प्याजको भाउ बढेको बढै छ । जब कि कृषि रोडम्यापको नाममा करोडौँ रुपैयाँ खर्च भएको छ ।’
विधायक शिवचन्द्रले भने, ‘प्याजको माला पहिरिएर विद्यानसभा जान्छु तब न मुख्यमन्त्री जी देख्नेछन् अनि म बताउँछु कि कसरी प्याजको मूल्यबृद्धिले आम जनातालाई हैरानी भइरहेको छ ।’
अहिले भारत बिहारको राजधानी पटनामा प्याजको मूल्य प्रतिकिलो भारु ८० पुगेको छ ।