नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

काठमाडौँमा भूकम्पको जाेडदार धक्का
काठमाडाैँ । काठमाडाैँमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। बुधबार राति करिब १० बजेर ९ मिनेटकाे समयमा काठमाडाैँ उपत्याका सहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोककाे फुल्पिङकट्टी केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडकाे पराकम्प गएकाे हाे ।
लामाे समयपछि उपत्यकामा भूकम्पकाे धक्का महसुस गरिएकाे हाे । वि सं २०७२ साल बैशाख १२ गतेकाे बिनासकारी गाेरखा भूकम्पछि पराकम्प आउनेक्रम अझै राेकिएकाे छैन । आजकाे धक्का पनि पराकम्प भएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ ।
यसअघि दीपायल केन्द्रविन्दु भएर ५ दशमलव ६ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे । बझाङसहित सुदूरपश्चिमका केही जिल्लाहरुमा त्यसकाे धक्का महसुस गरिएकाे थियाे ।