नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

उपचुनावको उम्मेदवारी दर्ता २१ गते
काठमाडौं । आगामी मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गते हुने भएको छ । शुक्रबार निर्वाचन आयाेगले एक विज्ञप्ती जारी गर्दै निर्चनकाे कार्यक्रम स्वीकृत गरी मतदानकाे समय निर्धारण गरेकाे जानकारी गराएकाे छ । सम्बन्धित जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हाे । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।
यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते हुने निर्वाचन आयाेगले निर्णय गरेकाे छ ।